अदालतले सजाय तोकेका फरार तीन पक्राउ « Khabarhub

अदालतले सजाय तोकेका फरार तीन पक्राउ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक अपराध मुद्दामा सजाय तोकी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ ।

बर्दिया जिल्ला अदालतको विसं २०७२ चैत ९ गतेको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जनही रु पाँच हजार जरिवानाको आदेश भएपछि फरार रहेका कसुरदार राजापुर–१ का अशोक चौधरी र केशव थारूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय राजापुरको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

त्यस्तै जिल्ला अदालतको २०७७ पुस १५ गतेको आदेशले सवारी ज्यान मुद्दामा दुई महिना चार दिन कैद सजाय तोकिएपछि फरार रहेका बारबर्दिया नगरपालिका–८ का २७ वर्षीया सुमन चौधरीलाई पक्राउ गरिएको छ ।

चौधरीलाई इलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलीले पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना