प्रधानमन्त्री देउवालाई प्रजातान्त्रिक समाजको ध्यानाकर्षण « Khabarhub

प्रधानमन्त्री देउवालाई प्रजातान्त्रिक समाजको ध्यानाकर्षण


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रजातान्त्रिक विचार समाजले आज भेट गरी विभिन्न समसामयिक जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको छ ।

समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याललगायतको टोलीले जनतालाई कोरोनाको निःशुल्क उपचार तथा रोकथाम, खोपमा सबै जनतालाई सहज पहुँच, बाढी, पहिरो वा प्राकृतिक प्रकोपको रोकथाम, उद्धार र राहतलगायत विषयमा प्रधानमन्त्री देवालाई ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री देउवालाई समाजले ध्यानाकर्षण पत्रमार्फत मुलुकको जटिल राजनीति र कठिन अर्थतन्त्रको अहिलेको स्थितिले उनको नेतृत्वमा निकास र समाधान पाउने विश्वास लिएको जनाएको छ । लोकतान्त्रिक मूल्य, मान्यता र विधिलाई कुल्चिएर यसअघिको सरकारले गरेका स्वेच्छाचारी निर्णय सच्याएर लोकतन्त्र, विधिको शासन र सुशासन, पारदर्शीता स्थापित गर्न प्रधानमन्त्री देउवा नेतृत्वको संयुक्त सरकार सफल हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

मुलुकका विभिन्न समस्या र चुनौतीको समाधान गरी वर्तमान सरकारले संसदीय आवधिक निर्वाचन सुनिश्चित गर्ने विश्वास प्रजातान्त्रिक विचार समाजको छ ।

कांग्रेसको आसन्न १४औँ महाधिवेशन सम्पन्न गर्ने सभापतीय दायित्व पनि सभापति देउवासामु रहेको र सरकार निर्माणमा सम्मिलित दलहरुसमेत सबैलाई समेटेर राजनीतिलाई सहिष्णु र थप समावेशी बनाई सबै पक्षसँग हुने सहमति, सहयोग र सहकार्यले देशलाई नयाँ गति र भरोसा दिने समाजले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : २२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको