काठमाडौँ- श्रीलङ्का सिधा उडान आज शुरू हुँदै | Khabarhub Khabarhub

काठमाडौँ- श्रीलङ्का सिधा उडान आज शुरू हुँदै


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्कन एयरलाइन्सले आज काठमाडौँ–श्रीलङ्का सिधा उडान शुरू गर्दैछ ।

एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

उनकाअनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ ।

कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।

भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन। नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ ।

हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ। एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।- रासस ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : ०१ बजे

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई

उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

सियोल– पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

काठमाडौं– नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय

कुर्सी र सत्ताको सिँढी नबनोस् जेन–जी आन्दोलन  

नेपाल अहिले राजनीतिक रूपमा संवेदनशील मोडमा छ । विगत केही