निशाको स्वास्थ्य अवस्था ‘स्थिर’ « Khabarhub

निशाको स्वास्थ्य अवस्था ‘स्थिर’


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक दुर्घटनामा गम्भीर घाइते भएकी मोडल तथा कलाकार निशा घिमिरेको उपचार गरिरहेको नर्भिक अस्पतालले घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको जनाएको छ । अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेसन अफिसर सोमनाथ बास्तोलाले मंगलबार पत्रकारमाझ घिमिरेको स्वास्थ्य स्थिर रहेको बताएका छन् ।

अस्पतालद्वारा जारी विज्ञप्तीमा निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध भएसम्मका प्रविधि, सीप र विधिको प्रयोग गरिए पनि स्वास्थ्यमा खासै सुधार नभएको जनाइएको छ ।

निशाका बुवा प्रेम घिमिरेले छोरीको स्वास्थ्य अवस्था धेरै गम्भीर र धेरै सामान्य पनि नरहेको उल्लेख गरे । ‘हामीले बोलाउदा उसले संकेत गर्छे । अक्सिजनको मास्कले गर्दा बोल्न खोज्ने अवस्था छैन । झोलिय खानेकुराहरु पाइपको सहायताले दिइरहेका छौं’, प्रेमले खबरहबसँग भने,‘डाक्टरले उनको थेरापी गर्नुपर्छ भन्नुभएको छ ।’

केही समयदेखि अचेत अवस्थामा घरमै रहेकी निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएकी थिइन् ।

तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।

तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गरेकी छन् । उनले फिल्म ‘मधेशीपूत्र २’ र टेलिफिल्म ‘डियर जिन्दगी’मा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : ५५ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण