रात्रिकालीन व्यवसाय सञ्चालन गर्न माग « Khabarhub

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न माग


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोराना महामारीले बन्द गरिएका रात्रीकालिन व्यवसायहरु सञ्चालनमा आउनुपर्ने भन्दै ठमेल पर्यटन विकास परिषद्ले काठमाडौं प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् ।

मंगलबार परिषद्को टोलीले कोरोना महामारीका कारण ठमेल क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएकाले रात्रिकालीनलगाएत अन्य व्यवसाय सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले सहज रुपमा व्यवसाय सञ्चालन गर्न नपाउदा घरभाडा तिर्न नसकेको र बैंकको सावा व्याज बुझाउन नपाएको गुनासो गरे ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरि होटल, रेष्टुरेन्ट, स्पा लगायतका व्यवसाय पहिलेकै अवस्थामा पूर्ण रुपमा सञ्चालनका लागि अनुमति दिन प्रशासनको ध्यानाकर्षण गरिएको परिषद्का उपाध्यक्ष राजुमान डंगोलले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले कोरोना महामारीलाई नियन्त्रण र रोकथाम गर्न बाध्य भएर केहि क्षेत्र सञ्चालनमा रोक लगाइएको बताए ।

कोरोना महामारी कम हुँदै गएपछि क्रमश रोक लगाइतका क्षेत्रलाई खुल्ला गरिने र यस बिषयमा छलफल भइरहेको उनले बताए ।

रात्रिकालीन व्यवसायमा ५० हजार भन्दा बढि मजदुरहरु कार्यरत रहेको र व्यवसाय बन्द हुँदा सञ्चालक तथा मजदुर भोकले ज्यान गुमाउने अवस्था सिर्जना भएको परिषदको गुनासो छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ३ : ३६ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही