रात्रिकालीन व्यवसाय सञ्चालन गर्न माग | Khabarhub Khabarhub

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न माग


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोराना महामारीले बन्द गरिएका रात्रीकालिन व्यवसायहरु सञ्चालनमा आउनुपर्ने भन्दै ठमेल पर्यटन विकास परिषद्ले काठमाडौं प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् ।

मंगलबार परिषद्को टोलीले कोरोना महामारीका कारण ठमेल क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएकाले रात्रिकालीनलगाएत अन्य व्यवसाय सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले सहज रुपमा व्यवसाय सञ्चालन गर्न नपाउदा घरभाडा तिर्न नसकेको र बैंकको सावा व्याज बुझाउन नपाएको गुनासो गरे ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरि होटल, रेष्टुरेन्ट, स्पा लगायतका व्यवसाय पहिलेकै अवस्थामा पूर्ण रुपमा सञ्चालनका लागि अनुमति दिन प्रशासनको ध्यानाकर्षण गरिएको परिषद्का उपाध्यक्ष राजुमान डंगोलले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले कोरोना महामारीलाई नियन्त्रण र रोकथाम गर्न बाध्य भएर केहि क्षेत्र सञ्चालनमा रोक लगाइएको बताए ।

कोरोना महामारी कम हुँदै गएपछि क्रमश रोक लगाइतका क्षेत्रलाई खुल्ला गरिने र यस बिषयमा छलफल भइरहेको उनले बताए ।

रात्रिकालीन व्यवसायमा ५० हजार भन्दा बढि मजदुरहरु कार्यरत रहेको र व्यवसाय बन्द हुँदा सञ्चालक तथा मजदुर भोकले ज्यान गुमाउने अवस्था सिर्जना भएको परिषदको गुनासो छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ३ : ३६ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले