ईपीएल विजेताले ५० लाख पाउने « Khabarhub

ईपीएल विजेताले ५० लाख पाउने


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल ) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ ।

आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस संस्करणको खेलमा इपिएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ । अघिल्लो संस्करणको विजेता टोलीले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गरेको थियो । अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : ४५ बजे

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र