दक्षिण कोरियाद्वारा नेपाललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग « Khabarhub

दक्षिण कोरियाद्वारा नेपाललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरिया सरकारले नेपाल सरकारलाई ९४ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाललाई  दिने जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज अपराह्न आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ती उपकरण हस्तान्तरण गरे । आगामी एक महिनाभित्रमा बाँकी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरिने कोरियाली राजदूतावासले बताएको छ ।

कोभिडको महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन सहायतास्वरुप उपलब्ध गराइने तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटरमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त, नेपाल–कोरिया मैत्री अस्पताल, त्रिशूली अस्पताल, काठमाडौँ विश्वविद्यालय, धुलिखेल अस्पताल, टीकापुर र मुगु अस्पतालका निम्ति पनि ती उपकरण प्रदान गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

आजै कोरियमा उच्च शिक्षा हासिल गरेका नेपालीको सङ्गठन ‘कोइका कानले’ काभ्रेपलाञ्चोकस्थित मेथिनकोट अस्पताललाई तीन थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : ०१ बजे

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय

रोचक बन्दै गोल्डेन बुटको दौड : मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र भिनिसियस

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने

निर्माताका दु:ख- हाउसफुल देखाउन आफैँले टिकट किन्नुपर्ने !

काठमाडौँ- फिल्म हेर्न त दर्शकले टिकट काट्ने हो नि ।

म्याग्दी जिल्ला पूर्णखोपयुक्त घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना

विश्वकपमा सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्?

मेसी, एम्बाप्पे र मोड्रिचको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेका