रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ  « Khabarhub

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान कार्यालय, टेकु लगिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले कडा सुरक्षासहित महाराजगन्जस्थित निजी निवास पुर्‍याएको छ ।

अपराध अनुन्धान कार्यालयका एसएसपी सन्तोष खड्का आफैंले जबरालाई महाराजगन्जस्थित घरसम्म पुर्‍याएका हुन् । अब जबरालाई घरमै थप सुरक्षासहित राखिने भएको छ ।

अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी खड्काले जबरालाई उनले भनेकै स्थानमा पठाइएको बताए । ‘उहाँले भनेकै स्थानमा यहाँबाट पठाइयो,’ खड्काले भने ।

जबरालाई कहाँ पठाइएको हो भन्ने प्रश्नमा उनले सुरक्षाका कारण स्थान खुलाउन नमिल्ने बताएका थि ए। पछि उनलाई महाराजगन्जस्थित निजी निवासमै पुर्‍याइएको हो ।

जबराको सुरक्षाका लागि उनको निवासमा सुरक्षाकर्मी तैनाथ गरिँदैछ । अब उनलाई घरमै निगरानीसहित राखिने प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई परिवारको जिम्मा लगाइएको बताएका छन् ।

यसअघि जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली टेकु पुगेको थियो । आयोग सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली करिब ४५ मिनेट गेटमै कुर्दा पनि प्रवेश नपाएपछि जबरालाई नभेटी फर्किएको थियो ।

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  २ : २८ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः