दार्चुला तुइन प्रकरण : छानबिन प्रतिवेदनले देखायो भारतीय एसएसबीकै संलग्नता « Khabarhub

दार्चुला तुइन प्रकरण : छानबिन प्रतिवेदनले देखायो भारतीय एसएसबीकै संलग्नता


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिले घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न पनि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै आश्रित परिवारलाई नेपाल सरकारको तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिस गरिएको छ । गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो । घटना भने साउन १५ मा भएको थियो ।

यता नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा प्रहरी निरीक्षक कपिल वाग्लेको निधन भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले मोटरसाइकल चालक दीपक पुन र स्व वाग्लेको असावधानीका कारण दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन आजै गृहमन्त्रीलाई बुझाएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : २४ बजे

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय

रोचक बन्दै गोल्डेन बुटको दौड : मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र भिनिसियस

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने

निर्माताका दु:ख- हाउसफुल देखाउन आफैँले टिकट किन्नुपर्ने !

काठमाडौँ- फिल्म हेर्न त दर्शकले टिकट काट्ने हो नि ।

म्याग्दी जिल्ला पूर्णखोपयुक्त घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना

विश्वकपमा सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्?

मेसी, एम्बाप्पे र मोड्रिचको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेका