यू-२३ एसियन कप छनोटमा नेपाल लेबनानसँग भिड्दै « Khabarhub

यू-२३ एसियन कप छनोटमा नेपाल लेबनानसँग भिड्दै


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताजिकिस्तानमा जारी यू-२३ एसियन कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग खेल्दैछ।

दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । खेल रिपब्लिकन सेन्ट्रल स्टेडियममा बेलुकी पौने ५ बजे सुरु हुनेछ ।

छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित हुँदा दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले हारेको थियो ।

कुनै अंक जोड्न नसकेको नेपाल समूहको पुछारमा छ । लेबनान पनि अंक विहीन रहेको छ । लेबनान तेस्रो स्थानमा रहेको छ ।

यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ । इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समूहको शीर्ष टोलीले एएफसी तेइस वर्ष मुनिको एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि छनोट हुनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : १५ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल