यू-२३ एसियन कप छनोटमा नेपाल लेबनानसँग भिड्दै « Khabarhub

यू-२३ एसियन कप छनोटमा नेपाल लेबनानसँग भिड्दै


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताजिकिस्तानमा जारी यू-२३ एसियन कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग खेल्दैछ।

दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । खेल रिपब्लिकन सेन्ट्रल स्टेडियममा बेलुकी पौने ५ बजे सुरु हुनेछ ।

छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित हुँदा दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले हारेको थियो ।

कुनै अंक जोड्न नसकेको नेपाल समूहको पुछारमा छ । लेबनान पनि अंक विहीन रहेको छ । लेबनान तेस्रो स्थानमा रहेको छ ।

यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ । इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समूहको शीर्ष टोलीले एएफसी तेइस वर्ष मुनिको एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि छनोट हुनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : १५ बजे

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले