नामिबियामाथि अफगानिस्तानको फराकिलो जित « Khabarhub

नामिबियामाथि अफगानिस्तानको फराकिलो जित


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी–ट्वान्टी विश्वकप सुपर १२ अन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको छ । समूह २ को यो खेलमाजित हात पारेसँगै अफगानिस्तानले अंक तालिकामा ४ अंक जोडेको छ।

अफगानिस्तानले दुई खेलमा जित हात पारेको छ । यसअघि अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

अबुधावीमा भएको खेलमा १ सय ६१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल ९८ रनमा सीमित भयो ।

नामिबियाका लागि डेभिड विजेले सर्वाधिक २६ रनको योगदान दिए ।

नामिबियालाई सस्तैमा समेट्न अफगानिस्तानका हमिद हसन र नविन–उल–हकले समान ३–३ विकेट हात पारे ।

गुलबदिन नइवले दुई विकेट लिए तथा राशिद खानले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गमाएर १ सय ६० रन बनाएको थियो ।

मोहमद सहजादले ४५, हजरातुल्लाह जजाईले ३३, कप्तान मोहमद नावीले ३२ र अस्गर अफगानले ३१ रनको योगदान गरे । अफगानको यो अन्तिम खेल हो । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट आइतबार नै सन्यास घोषणा गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : २६ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले