पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार काठमाडौमा विरोध प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारीले टेकुस्थित नेपाल आयल निगमको कार्यालय अगाडि मूल्य वृद्धिको निर्णय खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल खारेज गर्नुपर्ने माग राखे ।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीलाई मोसो दल्न पछि नपर्ने चेतावनी दिए।

उनले सरकार नेपाली जनताप्रति जवाफदेही नभएको भन्दै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको आरोप लगाए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको घोर भत्सर्ना गर्ने बताए । उनले अबिलम्बर मूल्य वृद्धि फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी दिए ।
गत हप्ता आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ५४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि