भारत न्यूजिल्याण्डसँग पराजित, सेमिफाइनल यात्रा कठिन « Khabarhub

भारत न्यूजिल्याण्डसँग पराजित, सेमिफाइनल यात्रा कठिन


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूएईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटमा भारतले सुपर १२ को खेलमा दोस्रो हार बेहोरेको छ । आइतबार भारत न्यूजिल्याण्डसँग पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले मात्र ११० रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको न्यूजिल्याण्ड १४ ओभरमा ३ बलमा २ विकेट गुमाएर सजिलै लक्ष्यसम्म पुग्यो । न्यूजिल्याण्डको जितमा डारयल मिचेलले ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले नटआउट ३३ रन बनाए ।

भारतका जसप्रित बुमराहले २ विकेट लिए । अन्य बलर विकेटविहीन रहे ।

भारतलाई सस्तैमा रोक्न न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ३ र स्पीनर इश सोढीले २ विकेट लिए । भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाएका थिए । जारी प्रतियोगितामा भारतको यो दोस्रो हार हो ।

भारत यसअघि पाकिस्तानसँग पराजित भएको थियो । ६ टिम रहेको समूह २ मा भारत २ खेलमा हार बेहोरेर अंक तालिकाको पुछारमा छ । यो हारसँगै भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ । भारतले अब अफगानिस्तान, नामिबया र स्कटल्याण्डसँग खेल्न बाँकी छ । यी तीनै खेल जिते पनि भारतले सेमिफाइनल पुग्न अन्य टिमको नतिजा कुनुपर्ने छ र रनरेटले भारतलाई झन समस्या बनाउने देखिएको छ ।

उता पहिलो जित हात पारेको न्यूजिल्याण्डले बाँकी तीन खेल जिते सेमिफाइनल पक्का गर्नेछ । उसले अब अफगानिस्तान, नामिबया र स्कटल्याण्डसँग खेल्न बाँकी छ ।

तीन खेलमा तीन जित निकालेको पाकिस्तानले लगभग सेमिफाइनल यात्रा पक्का गरिसकेको छ । उसले समूहका बलिया तीनवटै टिम भारत, न्यूजिल्याण्ड र अफगानिस्तानलाई पराजित गरिसकेको छ । उसले अब कमजोर नामिबिया र स्कटल्यण्डसँग खेल्न बाँकी छ ।

सो समूहमा अफगानिस्तान उच्च रन रेटका साथ दुई खेल जितेर अंक तालिकाको दोस्रो स्थानमा छ । नामिबयाले पनि एक जित हात पारिसकेको छ । स्कटल्याण्ड भने जितविहीन छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : ५३ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र