भारत न्यूजिल्याण्डसँग पराजित, सेमिफाइनल यात्रा कठिन « Khabarhub

भारत न्यूजिल्याण्डसँग पराजित, सेमिफाइनल यात्रा कठिन


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूएईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटमा भारतले सुपर १२ को खेलमा दोस्रो हार बेहोरेको छ । आइतबार भारत न्यूजिल्याण्डसँग पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले मात्र ११० रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको न्यूजिल्याण्ड १४ ओभरमा ३ बलमा २ विकेट गुमाएर सजिलै लक्ष्यसम्म पुग्यो । न्यूजिल्याण्डको जितमा डारयल मिचेलले ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले नटआउट ३३ रन बनाए ।

भारतका जसप्रित बुमराहले २ विकेट लिए । अन्य बलर विकेटविहीन रहे ।

भारतलाई सस्तैमा रोक्न न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ३ र स्पीनर इश सोढीले २ विकेट लिए । भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाएका थिए । जारी प्रतियोगितामा भारतको यो दोस्रो हार हो ।

भारत यसअघि पाकिस्तानसँग पराजित भएको थियो । ६ टिम रहेको समूह २ मा भारत २ खेलमा हार बेहोरेर अंक तालिकाको पुछारमा छ । यो हारसँगै भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ । भारतले अब अफगानिस्तान, नामिबया र स्कटल्याण्डसँग खेल्न बाँकी छ । यी तीनै खेल जिते पनि भारतले सेमिफाइनल पुग्न अन्य टिमको नतिजा कुनुपर्ने छ र रनरेटले भारतलाई झन समस्या बनाउने देखिएको छ ।

उता पहिलो जित हात पारेको न्यूजिल्याण्डले बाँकी तीन खेल जिते सेमिफाइनल पक्का गर्नेछ । उसले अब अफगानिस्तान, नामिबया र स्कटल्याण्डसँग खेल्न बाँकी छ ।

तीन खेलमा तीन जित निकालेको पाकिस्तानले लगभग सेमिफाइनल यात्रा पक्का गरिसकेको छ । उसले समूहका बलिया तीनवटै टिम भारत, न्यूजिल्याण्ड र अफगानिस्तानलाई पराजित गरिसकेको छ । उसले अब कमजोर नामिबिया र स्कटल्यण्डसँग खेल्न बाँकी छ ।

सो समूहमा अफगानिस्तान उच्च रन रेटका साथ दुई खेल जितेर अंक तालिकाको दोस्रो स्थानमा छ । नामिबयाले पनि एक जित हात पारिसकेको छ । स्कटल्याण्ड भने जितविहीन छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : ५३ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा