९० प्रतिशत वयस्कलाई कोरोनाविरुद्धको खोप दिइएको भारतको दाबी « Khabarhub

९० प्रतिशत वयस्कलाई कोरोनाविरुद्धको खोप दिइएको भारतको दाबी


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका कूल वयस्कमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार वयस्कमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको कम्तीमा एउटा खोप दिइएको छ ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो हप्ता औसतमा दैनिक आठ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

पछिल्लो २४ घण्टामा भने थप १३ हजार १५४ सङ्क्रमित भएको मन्त्रालयले जानकारी दिएको छ । थपिएका सङ्क्रमितमध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।

यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिले ८२ हजार ४०२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने गएको २४ घण्टामा सात हजार ४८६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ४८ बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा