हिमपातले मनाङमा तीन दिनदेखि सडक अवरुद्ध, हिउँ पन्छाउन सुरक्षाकर्मी परिचालन « Khabarhub

हिमपातले मनाङमा तीन दिनदेखि सडक अवरुद्ध, हिउँ पन्छाउन सुरक्षाकर्मी परिचालन


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् ।

हिमपातले चामे गाउँपालिका-१ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारसम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ ।

सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । चामेको बजार क्षेत्रमा अबरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

हिउँ पन्छाएपछि पैदल हिँड्न सहज भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । खड्काका अनुसार सवारी सुचारु गर्ने गरि हिउँ पन्छाउन अझै केहीदिन लाग्नेछ ।

मनाङमा बिहान बेलुकाको तापक्रम माइनस ७ डिग्री पुग्ने गरेको छ ।

– न्युज कारखानाबाट

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ८ : ५५ बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा