मास्क नलगाउनेलाई साउदीमा १ हजार रियाल जरिवाना  « Khabarhub

मास्क नलगाउनेलाई साउदीमा १ हजार रियाल जरिवाना 



दोहा– कोरोना संक्रमण बढेसँगै साउदी अरेबियाले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ । साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार नागरिकले सबै स्थानमा मास्क लगाउनुपर्ने र अन्य गतिविधि तथा कार्यक्रमहरूमा अनिवार्य रुपमा दूरी कायम गर्नुपर्ने छ । यदि नियम उल्लङ्घन गरे पहिलोपटक १ हजार रियाल जरिवाना तिर्नुपर्नेछ भने चेतावनी पनि दिइनेछ ।

गृह मन्त्रालयले आफ्नो ट्वीटर मार्फत मेडिकल वा कपडाको मास्क वा नाक मुख छोप्ने वस्तुको प्रयोग नगर्नु कोरोना भाइरसको रोकथाम र सावधानीविरुद्ध भएको जनाएको छ ।

पहिलोपटक नियम उल्लङ्घन गरे चेतावनी दिइने र फेरि पनि दोहोर्‍याए अर्कोपटक दोब्बर जरिवाना तिर्नुपर्ने जनाइएको छ । त्यसपछि पनि नियम नमाने १ लाख रियाल जरिवाना हुने मन्त्रालयले जनाएको छ ।

यसअघि, मन्त्रालयले स्थानीय र विश्वव्यापी रूपमा महामारीको अवस्थाको विकासका आधारमा सबै प्रक्रिया र उपायहरू राज्यका सक्षम स्वास्थ्य अधिकारीहरूद्वारा निरन्तर मूल्याङ्कनको अधीनमा रहेको बताएको थियो।

मन्त्रालयले सबैले सावधानी र रोकथामका उपायहरू अपनाउन र उनीहरूको सुरक्षाको लागि स्वीकृत प्रोटोकलहरू पालना गर्नुपर्ने आवश्यकतालाई जोड दिएको  हो ।

यता, दोहामा रहेको नेपाली दूतावासले पनि कोरोना संक्रमण ह्वात्तै बढेकाले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ ।

घर बाहिर निस्कँदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम जारी गरिएको भन्दै नेपाली समुदायलाई पालना गर्न दूतावासले अपील गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : ४१ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल