मास्क नलगाउनेलाई साउदीमा १ हजार रियाल जरिवाना  « Khabarhub

मास्क नलगाउनेलाई साउदीमा १ हजार रियाल जरिवाना 



दोहा– कोरोना संक्रमण बढेसँगै साउदी अरेबियाले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ । साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार नागरिकले सबै स्थानमा मास्क लगाउनुपर्ने र अन्य गतिविधि तथा कार्यक्रमहरूमा अनिवार्य रुपमा दूरी कायम गर्नुपर्ने छ । यदि नियम उल्लङ्घन गरे पहिलोपटक १ हजार रियाल जरिवाना तिर्नुपर्नेछ भने चेतावनी पनि दिइनेछ ।

गृह मन्त्रालयले आफ्नो ट्वीटर मार्फत मेडिकल वा कपडाको मास्क वा नाक मुख छोप्ने वस्तुको प्रयोग नगर्नु कोरोना भाइरसको रोकथाम र सावधानीविरुद्ध भएको जनाएको छ ।

पहिलोपटक नियम उल्लङ्घन गरे चेतावनी दिइने र फेरि पनि दोहोर्‍याए अर्कोपटक दोब्बर जरिवाना तिर्नुपर्ने जनाइएको छ । त्यसपछि पनि नियम नमाने १ लाख रियाल जरिवाना हुने मन्त्रालयले जनाएको छ ।

यसअघि, मन्त्रालयले स्थानीय र विश्वव्यापी रूपमा महामारीको अवस्थाको विकासका आधारमा सबै प्रक्रिया र उपायहरू राज्यका सक्षम स्वास्थ्य अधिकारीहरूद्वारा निरन्तर मूल्याङ्कनको अधीनमा रहेको बताएको थियो।

मन्त्रालयले सबैले सावधानी र रोकथामका उपायहरू अपनाउन र उनीहरूको सुरक्षाको लागि स्वीकृत प्रोटोकलहरू पालना गर्नुपर्ने आवश्यकतालाई जोड दिएको  हो ।

यता, दोहामा रहेको नेपाली दूतावासले पनि कोरोना संक्रमण ह्वात्तै बढेकाले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ ।

घर बाहिर निस्कँदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम जारी गरिएको भन्दै नेपाली समुदायलाई पालना गर्न दूतावासले अपील गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : ४१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल