विदेशमा एमबीबीएस अध्ययन गरेर फर्केका विद्यार्थीहरुको समस्याको फाइल मन्त्रिपरिषदमा « Khabarhub

विदेशमा एमबीबीएस अध्ययन गरेर फर्केका विद्यार्थीहरुको समस्याको फाइल मन्त्रिपरिषदमा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना महामारीमा नेपाल फर्किएका चीनलगायत अन्य देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव फाइल पठाएको हो ।

चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

यसअघि चीनमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कूटनैतिक पहल गरिएको भएपनि ठोस नतिजा आउन सकेको छैन ।

‘कोभिडका कारण नेपाल फर्किका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री पौडेलले भने,‘प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौं, समितिमा छलफल भएपछि चाँडै टुंगो लाग्छ ।’

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरुको हकमा अन्तर्राष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो ।

कोभिडका महामारीका बेला नेपाल आएका एमबीबीएस विद्यार्थीहरु अध्ययन पूराका सोही देशबाट अनुमति पाएका छैनन् । यस्तै, विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले जानकारी दिए । विद्यार्थीबाट बढी रकम लिएका मेडिकल कलेजहरुको अनुगमन तथा आवश्यक प्रमाण जम्मा गर्न सचिवलाई निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ३३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल