ओमिक्रोनको संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै | Khabarhub Khabarhub

ओमिक्रोनको संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण नेपालको अन्य देशको तुलनामा कम रहेको विज्ञहरू बताउँछन् । पश्चिममा देशसहित छिमेकी भारतमा समेत यसको संक्रमण बढिरहेका बेला नेपालमा अहिलेसम्म ओमिक्रोनको संक्रमण निकै कम देखिएको जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले बताए ।

उनका अनुसार अन्य देशको तुलनामा नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको परीक्षण गर्दा संक्रमण निकै कम देखिइको छ ।

नेपालमा हालसम्म ओमिक्रोनको संक्रमण देखिएका तीन जनामध्ये दुई जना संक्रमणमुक्त भइसकेका र एक जनामा अझै संक्रमण देखिरहेको उनले बताए ।

ओमिक्रोन जोखिमयुक्त रहेको संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन् । डा मरासिनी र डा सुवेदीका अनुसार कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्ति पनि ओमिक्रोनको जोखिममा छन् ।

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन निकै संक्रामक रहेको जानकारी दिएका डा सुवेदीले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना र अस्पतालमा उपचारका लागि पूर्वतयारी गरेर बस्नुपर्ने बताए ।

ओमिक्रोनको संक्रमण नियन्त्रणका लागि पीसीआर र एन्टिजेनको परीक्षणको दायरा बढाउनेदेखि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद् मरासिनीले बताए ।

भारतसहितका देशमा ओमिक्रोनको संक्रमण बढिरहेकाले नेपालमा पनि यसको संक्रमण दर बढ्न सक्ने डा सुवेदी बताउँछन् । संक्रमण हुनुअघि नै सुरक्षित हुनका लागि सभा समारोह, सामाजिक भिडभाड नगरी दूरी कायम गरेर आफ्नो काम गर्न उनले सुझाव दिए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १ : ३० बजे

नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई  

काठमाडौं– नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले नयाँ राजनीतिक दलहरूले देशलाई

क्याम्बोडियामा हवाई यातायात विस्तारसँगै यात्रु आगमन बढ्यो

एजेन्सी – क्याम्बोडियाले सन् २०२५ को पहिलो छ महिनामा कुल

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

काठमाडौं– सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ ।

युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई साथमा