राष्ट्रियसभा : गण्डकीमा तीन सिटमा चुनाव हुने « Khabarhub

राष्ट्रियसभा : गण्डकीमा तीन सिटमा चुनाव हुने


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– चार वर्षको कार्यकाल पूरा गरेका राष्ट्रियसभाका तीन सांसदको पद यही फागुनमा रिक्त हुँदैछ । यसअघि दुई सांसदको दुई वर्षीय अवधि सकिएर चुनाव भएको थियो । पहिलो पटक पद सकिने सांसद हुन्, सुरेन्द्र पाण्डे र वृन्दादेवी राना । दुवै जना कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरूको ठाउँमा तत्कालीन नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका थिए ।

अहिले थप तीन जनाको पदावधि सकिन लागेको छ । गण्डकीबाट रिक्त हुनेमा दुई जना माओवादी र एक जना नेकपा एकीकृत समाजवादीका सांसद छन् । माओवादीबाट दिनानाथ शर्मा खुला कोटाबाट निर्वाचित भएका हुन् भने खीमकुमार विक दलित कोटाका सांसद थिए ।

शान्तिकुमारी अधिकारी तत्कालीन एमालेको महिला कोटामा निर्वाचित भएकी थिइन् । फागुनमा रिक्त हुने पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ । त्यसका लागि पुस २० गते मनोनयन दर्ता हुने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । गण्डकीमा २ सय २९ जना मतदाता छन् । ६० सदस्यीय प्रदेशसभामा हाल ५९ जना सांसद छन् । स्थानीय तहका १ सय ७० जना जनप्रतिनिधि छन् ।

प्रदेश सांसदको मतभार ४८ छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुन्छ । स्थानीय तह कांग्रेसको बहुमत भए पनि प्रदेशसभामा भने एमाले सांसद धेरै छन् । गठबन्धन नयाँ बनेका कारण चुनावी नतिजा पहिलेभन्दा फरक आउने देखिन्छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : २० बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक