८ सुरक्षित कारमध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको नेतृत्व « Khabarhub

८ सुरक्षित कारमध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको नेतृत्व


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय गाडी खरिदकर्ताहरूको बीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ । सुरक्षा संबेदनशिलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, कलर र फिचर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ ।

स्तरीय सुरक्षा मापन (Standardized safety measure) का लागि विश्वभरिकै अटोमोबाइल उद्योगहरू अहिले ग्लोबल एनक्याप (Global NCAP) मा नै विश्वास गर्छन् । ग्लोबल एनक्यापले सवारी साधनको सुरक्षा मूल्यांकनका लागि गाडीहरूको दुर्घटना परीक्षण (crash testing) गरिरहेको हुन्छ । मारुती स्वीफ्ट, हुन्डाई ग्रान्ड आई १० निओस र मारुती वागन–आर यस्ता लोकप्रिय अटोमोबाइल हुन् तर जसले ग्लोबल एनक्याप (Global NCAP) बाट खासै राम्रो र्‍याङ्किङ्ग प्राप्त गर्न सकेका छैनन् ।

टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर इभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, ह्यारियर, सफारी र पन्च उत्पादन गर्दछ । यी कारहरूमध्ये अल्ट्रोज, नेक्सन र पन्चले वयस्क सुरक्षा (Adult safety) मा 5star प्राप्त गरेका छन्, यता टियागो, टिगोर, टिगोर इभीले 4starप्राप्त गरेका छन् ।

ग्लोबल एनक्याप (Global NCAP) को सुरक्षा सूचीमा शीर्ष आठमध्ये छ वटा टाटा मोटर्स नै छ, जबकि यसका प्रतिस्पर्धीहरू कमजोर रेटिङ र न्यून स्तरमै सिमित छन् । यस नतिजालाई हेर्दा भन्न सकिन्छ, टाटा मोटर्स उपलब्ध मध्ये सबैभन्दा सुरक्षित सवारीहरू हुन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ५५ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै