अछाम जिल्ला अध्यक्षमा उम्मेदवारी दिने शाहको घोषणा « Khabarhub

अछाम जिल्ला अध्यक्षमा उम्मेदवारी दिने शाहको घोषणा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेकपा एमाले अछामको आठौं अधिवेशनमा प्रकाश शाहले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्य, संगठन विभाग प्रमुख हुन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य शाहले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा शाहले पार्टीको आन्तरिक जीवनलाई मजवुत बनाउँदै अछाममा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । वामपन्थी पार्टीहरुसँगको कार्यगत एकताका आधारमा पार्टीलाई ठूलो बनाउने उनको भनाइ थियो ।

अछामका ९१ वटै वडाका वडा अध्यक्ष, दश वटै पालिकाका अध्यक्षको बलमा अध्यक्षको लागि उम्मेदवार बन्ने उनले तर्क गरे ।

जिल्ला अधिवेशनले सर्बसम्मत नेतृत्व चयन गर्नुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उनले युवा नेतृत्वले अवसर पाउनु पर्नेमा जोड दिए । टिके प्रथाबाट नेतृत्व चयन गर्ने पक्षको विरुद्धमा आफू रहेको उनले बताए ।

शाहले पार्टीका नेता कृष्णप्रसाद भट्टराईको समर्थन आफूलाई रहेको दाबी गरे । उनले २८ वर्ष अघि अछाममा पार्टीको नेतृत्व गरिसकेका कारण भट्टराईले पार्टी अध्यक्षको लागि दाबी नभई जिल्लामा अभिभावकको भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । पार्टी नेतृत्वले भट्टराईलाई केन्द्रिय सदस्य नबनाएर गल्ती गरेको उनले बताए ।

शाहले अध्यक्षको उम्मेदवार कुनै बार्गेनिङ गर्नका लागि नभई एमालेलाई बलियो बनाउनको लागि भएको तर्क गरे ।

२०४७ सालमा बाजुराबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । अनेरास्ववियुको सहसचिव, पार्टीको ईलाका कमिटी सचिव, इन्चार्ज हुँदै दुई कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य बनेका थिए । यस्तै नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि जिल्लाको संगठन विभाग प्रमुख बनेका थिए । एमाले र माओवादी केन्द्र अलग अलग भएपछि उनी अहिले नेकपा एमालेको सचिवालय सदस्य, एवम् संगठन विभाग प्रमुख र आठौं जिल्ला अधिवेशनको प्रचारप्रसार प्रमुख छन् ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : ४० बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा