ललिता निवास प्रकरण : १ सय १० विरुद्ध पक्राउ पुर्जी | Khabarhub Khabarhub

ललिता निवास प्रकरण : १ सय १० विरुद्ध पक्राउ पुर्जी


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कर्मचारी, भूमाफिया र तत्कालीन भोगाधिकारी, बिचौलियासहित १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले बताए।

पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विभिन्न समयमा व्यक्तिको नाममा नामसारी गरिएको थियो । यो प्रकरणमा प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : २० बजे

लिपुलेक सम्झौता खारेज गर्न चीनसँग राष्ट्रिय जनमोर्चाको आग्रह

काठमाडौं– राष्ट्रिय जनमोर्चाले भारतसँग भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गरेर

उपसभामुख रानाको विषय आचरणसँग जोडिएकाले संवैधानिक परिषद्को अङ्कगणितसँग नजोडौँ : योगेश भट्टराई

काठमाडौं– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको

पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राखेको छ : सीईओ जोशी

काठमाडौं– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी  पर्यटन

नेपालमा अध्ययनरत तीन इन्डोनेशियाली विद्यार्थी अध्यागमनको निगरानीमा

काठमाडौं– शिक्षा लिने उद्देश्य देखाएर नेपाल आएका तीन जना इन्डोनेशियाली

तेक्वान्डो खेलाडी विष्णु खत्री र रमिला लामालाई बेथानचोकको सम्मान 

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कृति गरेको