माओवादी महाधिवेशन : पदाधिकारीको संख्या बढाउने अधिकारी केन्द्रीय समितिमा « Khabarhub

माओवादी महाधिवेशन : पदाधिकारीको संख्या बढाउने अधिकारी केन्द्रीय समितिमा


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनले पार्टीको पदाधिकारी संख्या निर्धारण गर्ने अधिकार केन्द्रीय समितिलाई दिने निर्णय गरेको छ ।

महाधिवेशनको छैटौँ दिन आज विधान मस्यौदामाथि उठेका प्रश्नको जवाफ दिने क्रममा देवप्रसाद गुरुङले जवाफ दिने क्रममा पार्टीको पदाधिकारी संख्या बढाउने वा घटाउने अधिकारी केन्द्रीय समितिमा निहित हुने प्रस्ताव गरेका हुन् । उक्त प्रस्तावलाई महाधिवेशन प्रतिनिधिले अनुमोदन गरेका छन् ।

शनिबार आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै गुरुङले  केन्द्रीय सदस्य मनोनय गर्ने प्रतिशत पनि १५ पुर्‍याइएको छ । यसअघि १० प्रतिशत मनोनय गर्ने प्रस्ताव गरिएको थियो । केन्द्रीय सदस्य भने २९९ हुने छन् ।

मस्यौदामा केही परिमार्जन गरी प्रतिनिधिको सुझाव अनुसार राष्ट्रिय परिषद्को पनि व्यवस्था गरिएको छ । यस्तै, केन्द्रमा जस्तै प्रदेशअन्तर्गत पनि गैरभौगोलिक विशेष कमिटी निर्माण गर्न सकिने व्यवस्था गरिएको छ । विधान मस्यौदा पारित भएलगत्तै माओवादी महाधिवेशन नेतृत्व चयन प्रकियामा प्रवेश गर्नेछ । नेतृत्व चयन सकिए आजै महाधिवेशन समापन हुनेछ ।

यसअघि शुक्रबारको बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १२ : ४५ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा