रसुवाको सुक्खा बन्दरगाह निर्माण ढिलासुस्ती « Khabarhub

रसुवाको सुक्खा बन्दरगाह निर्माण ढिलासुस्ती


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह आगामी तीन महिनाभित्र बनिसक्नु पर्ने हो । तर, यो बन्दरगाहमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम पूरा भएको छ ।

बन्दरगाह निर्माण सुरु भएको दुई वर्ष भइसकेको छ । सम्झौताअनुसार हो भने आगामी तीन महिनाभित्रै यो बन्दरगाह बनिसक्ने छ ।

२० नोभेम्बर २०१९ मा बन्दरगाह निर्माणका लागि शिल्यान्यास गरी औपचारिक रुपमा काम सुरु गरिएको थियो । बन्दरगाह निमार्णको जिम्मा चीनको तिब्बतस्थित टिबेट फूली कन्सट्रक्शन ग्रुप लिमिटेडले पाएको थियो । ३० महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको छ ।

टिबेट फूली कन्सट्रक्शन ग्रुप लिमिटेडका म्यानेजर याङ इलीका अनुसार अहिले खोलाको किनारमा मेसिनरी वाल लगाउने काम भइरहेको छ ।

खोला किनारको ६ सय ६० मिटर लम्बाइमा वाल लगाइने छ । हालसम्म  दुई सय १० मिटरमा वाल लगाइएको छ । खोलाबाट १३ मिटर उचाईको वाल लगाइने छ । ‘बर्षातको समयमा असहज हुने स्थानमा अहिले वाल लगाउने काम भइरहेको छ,’ उनले भने, ‘बर्षातको समयमा सहज हुने ठाउँमा पछि गछौँ ।’

वर्षातअघि खोला किनारमा वाल लगाउने काम सम्पन्न गर्ने योजना रहेको उनले बताए । संरचना निर्माण आगामी वर्षदेखि सुरु गरिने उनले बताए । चीनबाट कामदार आउन नसक्दा कामले गति लिन नसकेको उनले बताए ।

निर्माणस्थलमा अहिले ३५ जना नेपाली र १५ जना चिनियाँ कामदार छन् । १० जना चिनियाँ दक्ष कामदार आउन नसक्दा निर्माणस्थलमा कामले गति लिन नसकेको हो ।

‘चीनबाट कामदार आउन सकेका छैनन्, सिपयुक्त दक्ष कामदार अभाव छ, त्यसैले अहिले नेपाली कामदार थप गरी कामलाई तिव्रता दिइरहेका छौँ,’ उनले भने ।

सन् २०१९ को नोभेम्बरबाट काम सुरु गरि ३० महिना भित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि कोरोना महामारी, चिनिया कामदार चीनबाट निर्माणस्थलमा आउन नसक्नु लगायतका कारण कामले गति लिन नसकेको जनाएको छ ।

अबको १८ महिना भित्रमा बन्दरगाह निर्माणको काम सम्पन्न गर्ने योजनामा आफुहरु रहेको तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडका म्यानेजर याङ इलीले बताए ।

नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।

करिब १२ करोड ४० लाख चिनियाँ युआनको लागतमा सुख्खा बन्दरगाह निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा अन्तराष्ट्रियस्तरको सुबिधासम्पन्न बन्दरगाह निर्माण हुने बताइएको छ ।

८ दशमलब ५ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा एउटा मुख्य भवन रहने भएको छ । त्यसमा प्रशासनीक कार्यका लागि भन्सार, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षा लगायत कार्यालयहरू रहने रसुवागढी भन्सार कार्यालय टिमुरेले बताएको छ ।

तीन सय १५ भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने गरि पार्किङस्थल निर्माण हुने छ । त्यसैगरि ७ सय ५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुने  जनाइएको  छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ३ : ३५ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा