कोइला बालेर सुतेका व्यक्तिको निसास्सिएर मृत्यु « Khabarhub

कोइला बालेर सुतेका व्यक्तिको निसास्सिएर मृत्यु


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार शुक्रबार राति सुनारका श्रीमान् श्रीमती कोइला बालेर सुतेका थिए । बिहान ४ बजेतिर उनकी श्रीमती उठ्ने बेला उनको मृत्यु भइसकेको थियो । श्रीमतीको पनि रक्तचाप कम भइसकेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य छ ।

उनको शव भने घरभित्रै रहेको छ । प्यूठानबाट घरपरिवार आएपछि मात्रै उठाएर शव परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । सुनार अमिलियाको शोभा होटलमा खान बनाउने काम गर्दै आएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : २० बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै