चुनाव निष्पक्ष र भयमुक्त वातावरणमा हुन्छ : गृहमन्त्री खाँण « Khabarhub

चुनाव निष्पक्ष र भयमुक्त वातावरणमा हुन्छ : गृहमन्त्री खाँण


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन्।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाबाट बागमती प्रदेश र केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सम्मानमा काङ्ग्रेस ललितपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्नु सरकारको दायित्व रहेको भन्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न हुने बताए।

उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक सरकार भएको भन्दै जनताको शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनोट हुने खालको निर्वाचन समयमै सम्पन्न हुने बताए।

कांग्रेसले जवरजस्ती कब्जाको शैलीमा सरकार बनाउन नचाहने भन्दै उनले जनताको मतका आधारमा सरकार बन्नुपर्ने कांग्रेसको घोषित आधारशिला रहेको धारणा राखे। उनले जित्नसक्नेलाई उम्मेद्वारी दिने र जिताउन सक्नेको साथ लिने उल्लेख गरे।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : २० बजे

कर्णालीको नीति तथा कार्यक्रम सार्वजानिक

सुर्खेत– कर्णाली प्रदेश सरकारले अर्ग्यानिक प्रदेशको योजनालाई पुनः निरन्तरता दिएको

स्वास्थ्यचौकीको भवन अलपत्र परेपछि सेवा प्रभावित

खोटाङ– ठेकेदारले समयमा स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको

सेयर बजारमा ५३.०३ अंकको वृद्धि

काठमाडौँ– सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको

बारेकोटका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा

जाजरकोट– बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा

चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

बेइजिङ- चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार