चुनाव निष्पक्ष र भयमुक्त वातावरणमा हुन्छ : गृहमन्त्री खाँण « Khabarhub

चुनाव निष्पक्ष र भयमुक्त वातावरणमा हुन्छ : गृहमन्त्री खाँण


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन्।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाबाट बागमती प्रदेश र केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सम्मानमा काङ्ग्रेस ललितपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्नु सरकारको दायित्व रहेको भन्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न हुने बताए।

उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक सरकार भएको भन्दै जनताको शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनोट हुने खालको निर्वाचन समयमै सम्पन्न हुने बताए।

कांग्रेसले जवरजस्ती कब्जाको शैलीमा सरकार बनाउन नचाहने भन्दै उनले जनताको मतका आधारमा सरकार बन्नुपर्ने कांग्रेसको घोषित आधारशिला रहेको धारणा राखे। उनले जित्नसक्नेलाई उम्मेद्वारी दिने र जिताउन सक्नेको साथ लिने उल्लेख गरे।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : २० बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा