कोपा डेबाट बाहिरियो पीएसजी « Khabarhub

कोपा डेबाट बाहिरियो पीएसजी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । निससँग सडनडेथमा पराजित पेरिस सेन्ट जर्मन (पीएसजी) सोमबार कोपा डे फ्रान्सको अन्तिम १६ बाट बाहिरिएको छ ।

निर्धारित समय गोलरहीत बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो ।

निसका गोलिकिपर मार्सिन बुल्काले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोक्दै टोलीको क्वार्टफाइनल यात्रा पक्का गरेका थिए ।

बुल्का पिएसजीबाटै लोनमा निस गएका थिए । निसले यस जितसँगै पिएसजीको सबै खाले प्रतियोगिता गरि १४ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लगाइदिएको छ ।

सन् २०११ मा लिललाई १(० को नतिजा सुम्पिएपछि पिएसजीले कोपा डे फ्रान्समा गोल गर्न नसकेको यो पहिलो खेल हो । पिएसजी निससँग पछिल्लो आठ भेटमा अपराजित थियो।

कोभिड १९ संक्रमण भएपछि टोलीबाट रहँदै आएका अर्जेन्टिनी स्ट्राइकर सोमबार निसविरुद्धको खेलमा फर्किए पनि पिएसजीलाई क्वार्टरफाइनल पुर्‍याउन सकेनन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : ४६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र