कोपा डेबाट बाहिरियो पीएसजी « Khabarhub

कोपा डेबाट बाहिरियो पीएसजी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । निससँग सडनडेथमा पराजित पेरिस सेन्ट जर्मन (पीएसजी) सोमबार कोपा डे फ्रान्सको अन्तिम १६ बाट बाहिरिएको छ ।

निर्धारित समय गोलरहीत बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो ।

निसका गोलिकिपर मार्सिन बुल्काले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोक्दै टोलीको क्वार्टफाइनल यात्रा पक्का गरेका थिए ।

बुल्का पिएसजीबाटै लोनमा निस गएका थिए । निसले यस जितसँगै पिएसजीको सबै खाले प्रतियोगिता गरि १४ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लगाइदिएको छ ।

सन् २०११ मा लिललाई १(० को नतिजा सुम्पिएपछि पिएसजीले कोपा डे फ्रान्समा गोल गर्न नसकेको यो पहिलो खेल हो । पिएसजी निससँग पछिल्लो आठ भेटमा अपराजित थियो।

कोभिड १९ संक्रमण भएपछि टोलीबाट रहँदै आएका अर्जेन्टिनी स्ट्राइकर सोमबार निसविरुद्धको खेलमा फर्किए पनि पिएसजीलाई क्वार्टरफाइनल पुर्‍याउन सकेनन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : ४६ बजे

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।