दार्चुलाका शैक्षिक संस्था माघ मसान्तअघि नखोल्न निर्देशन « Khabarhub

दार्चुलाका शैक्षिक संस्था माघ मसान्तअघि नखोल्न निर्देशन


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले दार्चुलाका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रूपमा सञ्चालन नगर्न निर्देशन दिएका छन् ।

कोरोना महामारी नियन्त्रण भइनसकेका कारण माघ मसान्त अघि शैक्षिक संस्था नखोल्न उनले मंगलबार निर्देशन दिएका हुन् । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा नगर्न भनिएको छ ।

शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाएर सञ्चालन गर्न उनले निर्देशन दिएका छन् । त्यस्तै, जिल्लामा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन यही माघ २० गते देखि २३ गते सम्म विद्यालय खुलाइने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन चार दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । त्यस्तै, सबै खाले परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : ४५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि