भिजिट भिसामा दुबई पुगेका ७ नेपाली अलपत्र « Khabarhub

भिजिट भिसामा दुबई पुगेका ७ नेपाली अलपत्र

'एजेन्टले फोन नै उठाउँदैन'



दोहा– दलाल (एजेन्ट)ले देखाएको प्रलोभनमा पर्दा विदेशी भूमि पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा रहेका एजेन्टसँगको समन्वयमा विदेश जाने नेपाली अलपत्र परेका धेरै समाचार पनि सार्वजनिक हुन थालेका छन् ।

पछिल्लो क्रममा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु गत बर्षको सेप्टेम्बर १४ तारिखमा त्यहाँ पुगेका थिए ।

त्यहाँ पुगेर अलपत्र पर्नेहरुमा नुवाकोटका रामबहादुर तामाङ, राजेन्द्र तामाङ, सोमबहादुर तामाङ, जयसिंह तामाङ, मानबहादुर तामाङ, प्रविन तामाङ र सागर तामाङ छन् । एकै जिल्लाका उनीहरूलाई नेपालमा रहेकी एजेन्ट शान्ति केसी तथा दुबईमा रहेका एजेन्ट नरहरि गौतमले दुबई पुर्‍याएका थिए । उनीहरूमध्ये तीन जनालाई सिक्युरिटी गार्ड र चार जनालाई बाइक राईडरमा मासिक २ हजार १ सय दिराम तलब हुने भन्दै पर्यटक (टुरिस्ट) भिसामा दुबई पुर्‍याइएको थियो । राम्रो तलब पाउने आशामा अहिले पीडित बन्नुपरेको रामबहादुर तामाङले बताए ।

‘घरबाट ऋण काढेर कत्रो सपना बोकेर दुबई आएका थियौ, अन्त्यमा यहाँ आएर न त काम नै पाइयो । अब कसरी ऋण तिर्ने हो,’ उनले भने, ‘एजेन्ट केसी र गौतमलाई प्रतिव्यक्ति तीन लाख बुझाएर हामी यहाँ हौँ । पहिला आकर्षक रोजगारीको प्रलोभन देखायो अहिले यहाँ ल्याएर अलपत्र पार्यो ।’

नेपालबाट सिक्युरिटी गार्ड तथा बाइक राईडरमा भनेर पठाएको भएपनि अन्तिममा होटलमा भाँडा माझ्ने काम लगाएर एजेन्ट सम्पर्कबिहीन भएकी उनको भनाइ छ ।

‘बुझाएको तीन लाख मध्ये दुबईमा रहेको एजेन्ट गौतमलाई १ लाख ६८ हजार र बाँकी पैसा नेपालमा रहेकी अर्की एजेन्ट शान्ति केसीलाई दिएका हौँ,’ रामबहादुरले थपे, ‘अहिले दुवै एजेन्ट सम्पर्कबिहीन छन्, दैनिक सयौँ पटक फोन गर्छौ फोन नै उठाउँदैन् । अब हामी कहाँ जाने के खाने ?’

दुई जना भने घरबाट पैसा मगाएर स्वदेश नै फर्किसकेका छन् । उनीहरूले आफूहरूलाई पठाउने एजेन्टलाई कारबाही र आफूहरूको सकुशल उद्धार गरिदिन माग गरेका छन् । उनीहरूले उपलब्ध गराएको एजेन्ट शान्ति केसीको मोबाइलमा सम्पर्क गर्दा फोन उठेन ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : १५ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना