मधेस प्रदेशका पत्रकारलाई ७ लाखसम्मको बिमा गर्ने तयारी « Khabarhub

मधेस प्रदेशका पत्रकारलाई ७ लाखसम्मको बिमा गर्ने तयारी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेसमा पत्रकारहरूका लागि प्रदेश सरकारले स्वास्थ्य बिमा गर्न लागेको छ ।

जनकपुरधाममा मंगलबार आमसञ्चार प्राधिकरणले गरेको कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले पत्रकारहरूका लागि बिमाको व्यवस्था हुन लागेको जानकारी दिएका हुन् । उनले पत्रकारको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर बिमा हुन लागेकोमा खुशी व्यक्त गरे ।

मन्त्री साहले मधेस प्रदेशका पत्रकारहरूको स्वास्थ्यका साथै दुर्घटना बिमा गर्न आमसञ्चार प्राधिकरणले काम अगाडि बढाउने पनि जानकारी दिए ।

कार्यक्रममा प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवले ७ लाखसम्मको बिमा गरिने जानकारी दिनुभयो । उनले पत्रकार अस्वस्थ्य भएमा वा दुर्घटनामा परेमा १ लाखसम्म र अशक्त वा मृत्यु भएमा ७ लाख दिइने जानकारी दिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईलगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १० : १३ बजे

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा

भुक्तानी माग्दै लुम्बिनीका निर्माण व्यवसायी सडकमा, आन्दोलनको चेतावनी

लुम्बिनी- लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका विकास आयोजनाहरूको भुक्तानी

लिबियामा अनियमित आप्रवासीको उद्धार

काठमाडौं- लिबियको तटबाट अनियमित आप्रवासी बोकेका १० वटा डुङ्गा सहित

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु