आज २०७८ साल फागुन १७ गते मंगलबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन १७ गते मंगलबारको राशिफल


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १७ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

२०७८ फागुन १७ गते मंगलबार

मेष : दिन सामान्य राम्रो छ। आयआर्जन हुनेछ। व्यापार व्यवसायमा तपाईंले गरेको लगानीले राम्रो नतिजा दिनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

वृष : बोली खेर जानेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथावत रहनेछ। शिक्षाको क्षेत्रमा भने गरेको श्रम लगानीले परिणाम दिनेछ। धोका पाइने भएकाले सचेत हुनुहोला।

मिथुन : दिन सामान्य राम्रो छ। आफन्तले धोका दिनेछन्। राजनीति, सामाजिक र आर्थिक क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ।

कर्कट :मन प्रशन्न हुनेछ। श्रीमान श्रीमतीको सम्बन्ध सुमधुर रहनेछ। सल्लाह गरेर अघि बढ्दा सफलता मिल्ने योग रहेको छ। राजनीति, सामाजिक, धार्मिक क्षेत्रहरु यथावत छन्।

सिंह : दिन राम्रो छ। कर्म क्षेत्रमा प्रशंसा मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्रहरु सामान्य रहेपनि शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो नतिजा दिनेछ। पठनपाठनमा जोश जाँगर बढ्नेछ। तपाईले गरेको तर्कले अरुको मन जीत्नेछ।

कन्या : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी पराजित हुनेछन्। आफूले गर्दै गरेका काममा सफलता मिल्नेछ। भगवान शिवजी को पूजा गर्नुहोला। आफन्तबाट धोका होला, चनाखो रहनुपर्नेछ।

तुला : दिन सामान्य छ। शत्रु बढ्नेछन्। बुद्धिको प्रयोग गर्नुहोला। राजनीति, सामाजिक, पारिवारिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा उदय हुने दिन छ। पठनपाठनमा उत्साह बढ्नाले सार्थक परिणाम हात लाग्नेछ।
वृश्चिक : दिन सामान्य राम्रो छ। अरुको सहयोगबाट काम बन्नेछ। आफूले गरेको कार्यमा बाधा उत्पन्न होला। पैत्रिक सम्पत्तिबाट सुरु गरिएको कामबाट विशेष लाभ मिल्नेछ। प्रेममा धोका हुनेछ।

धनु : दिन राम्रो नै छ। बोलीको प्रभावले अनुयायी बढ्नेछन्। पुरानो लगानीले फाइदा मिल्नेछ । राजनीतिमा अब्बल साबित हुनेछ। अरु क्षेत्र यथावत रहनेछ। जग्गा सम्बन्धी कारोबारमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

मकर : दिन निकै राम्रो छ। ठूलो योजनामा हात हाले सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। रोगले सताउने भएकाले सावधानी अपनाउनुहोला।

कुम्भ : दिन सामान्य छ। आज गरिएको कामले दुरगामी प्रभाव पर्नेछ। बोली हलुको हुँदा कुरा काट्नेहरु बढ्नेछन्।

मिन : दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथास्थितीमा छन्। व्यापार व्यवसायमा गरेको लगानीले तपाईंको उन्नति हुनेछ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ०४ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको