बुहारी-छोरी पढाउने सासु सम्मानित « Khabarhub

बुहारी-छोरी पढाउने सासु सम्मानित


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पाले बुहारी र छोरी पढाउने सासु र आमालाई सम्मान गरेको छ।

बुहारी पूजा गिरीलाई क्याम्पस पढाउने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी देबीमायाँ पुरी र छोरी रञ्जना श्रेष्ठलाई पढाउने खार्पाकी बिष्णुकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो।

बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन लागिपरेकी सासु र आमालाई क्याम्पसको १४ औं वार्षिकोत्सवको अवसरमा सोमबार जनही १ हजार ५०० सहित सम्मान–पत्र प्रदान गरिएको छ। बुहारी पूजा रावा क्याम्पस खार्पामा बिएड तेश्रो वर्ष र छोरी रञ्जना बिएड दोश्रो वर्षमा अध्ययनरत छिन्।

अझै पनि हाम्रो समाजमा उच्च शिक्षाका लागि छोरालाई मात्र प्राथमिकता दिने प्रचलन छ। विद्यालय वा क्याम्पस तहमा पढिरहेकी छात्राको अध्ययन उसको विहेसँगै रोकिन्छ। तर, बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउनका लागि दिलोज्यान दिएकी सासु र आमालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको रावा क्याम्पस खार्पाका प्रमुख दिपक पोखरेलले बताए।

बुहारी पढाउने देबीमायाँ र छोरीलाई क्याम्पस तह पढाउने बिष्णुकुमारीले समाजमा ‘बुहारी र छोरीलाई पनि उच्च शिक्षाका लागि साथ दिनुपर्ने’ सन्देश दिएको क्याम्पसले जनाएको छ।

क्याम्पसको वार्षिकोत्सवको अवसरमा कृषि अर्गानिक खेती चुनौतीको विषयमा मावि स्तरीय वक्तृत्वकला, पुरुष हन्डिफोर, महिला फुक्की बल लगायतका प्रतियोगीतात्मक कार्यक्रम आयोजना गरिएको थियो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको सभापतित्व एवं क्याम्पस संरक्षक समितिका संयोजक हरि पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ४४ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६