भिभोले रगं परिवर्तन हुने ग्लास विशेषताको फोन ल्याउँदै « Khabarhub

भिभोले रगं परिवर्तन हुने ग्लास विशेषताको फोन ल्याउँदै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डस्ट्री लीकको अनुसार भिभोले भिश्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

भि २३ फाइभजी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुनेछ । टिपस्टरहरूले भि २३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउनेछ भन्ने खुलासा गरेका छन् । भि श्रृंखलाका फोन भएकाले सेल्फीक्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ । यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफी प्रेमीहरू, डिजिटल सामग्री सिर्जनाकर्ताहरू र भ्लगरहरूका लागि उपयुक्त हुनेछ ।

हल्लाअनुसार भिभो भि २३ फाइभजी अगाडिको प्यानलमा उत्कृष्ट ५० एमपी अटो फोकस पोट्रेट सेल्फी सुविधाको साथ सुसज्जित हुनेछ । उद्योगको अग्रणी फ्रन्ट क्यामेरा भएको यस स्मार्टफोनले स्पष्ट, स्थिर र उज्यालो तस्बिर मात्र नलिएर यसको शिष्ट कार्यसम्पादनले फोटोग्राफरको मज्जा पनि थप्नेछ । भिभोले पहिले नै मोबाइल फोटोग्राफीलाई समर्थन गर्ने ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ, त्यसैले आगामी भिसिरिजको स्मार्टफोनले उपभोक्ताहरू माझ हलचल मच्चाइ रहेको छ । भि२३ फाइभजीले ब्रान्डलाई स्मार्टफोन उत्साहीहरूका बीच यसको अद्भूत विशेषताले गर्दा अग्रगामीको रूपमा स्थान दिनेछ भन्ने हल्ला बजारमा चलीरहेको छ ।

यसबाहेक, भिभोले पछाडिपटि अद्भुत रङ परिवर्तन हुने ग्लास फिचर गरेको छ जसले उपकरणलाई ग्राहकहरूको लागि आकर्षक वस्त ुबनाएको हल्ला छ । कोही भन्छन् कि यसको रुप–रंग एक साँचो दृश्य आनन्द हुनेछ जसले स्मार्टफोन डिजाइनको कथालाई रूपान्तरण गरेको छ । ब्रान्डले वास्तवमै यस गोर्जस स्मार्टफोनमा सबैभन्दा स्टाइलिश सुविधाहरू ल्याइरहेको छ । स्मार्टफोनले प्रयोगकर्ताको व्यक्तित्व झल्काउने भएकाले भिभोले राम्रो देखिने उपकरणको आवश्यकतालाई महसुस गरेको छ ।

हालसम्म, भिभोको आगामी स्मार्टफोनको बारेमा यतिमात्रै खुलासा भएको छ । भि २३ फाइभजीले उच्च स्तरको फ्रन्ट क्यामेरा प्रणालीको साथ मोबाइल फोटोग्राफीको भविष्यलाई उत्थान गर्न गइरहेको छ ।

भिभोको भिसिरिजका स्मार्टफोनहरूले ग्राहकहरूमाझ लोकप्रियताको हिसाबले आशाजनक वृद्धि देखाएको छ । यो मुख्यतया भिभोको प्रचण्डक्यामेरा नवीनता, अत्याधुनिक प्रविधि, सधैं विकसित हुने डिजाइन र अर्थमय कार्यसम्पादनको कारण हो । ब्रान्डले उपभोक्ताको मागमा केन्द्रित रहँदै उनीहरुले स्मार्टफोन माखोज्ने कुरालाई सही रूपमा प्रस्तुत गरेको छ । भिभोले गहन बजार अनुसन्धान र विश्लेषण पछि मात्र उच्च गुणस्तरका सुविधा भएका उत्पादनहरु ल्याउँछ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  २ : ५७ बजे

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

काठमाडौं– डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद्

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको