चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने « Khabarhub

चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो । साइकल म्याराथनको यहि चैत २६ गाते आयोजना हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनको दुरी करीब ६५ देखि ७० किलोमिटर हुने प्रतिष्ठानले जनाएको छ ।

म्याराथनमा तीन विधामा प्रतिस्पर्ध हुनेछ । इलाइट महिला र पुरुष, मास्टर महिला र पुरुष, र भरतपुर बिशेष अन्तर्गत चितवन जिल्लाका मात्र महिला पुरुषले सहभागिता रहने छ । नारायणी किनारबाट सुरु हुने म्याराथन भरतपुर महानगरपालिकाको बिभिन्न भित्रि सडक हुँदै पुनः नारायणी किनार पुगेर समापन हुने प्रतिष्ठानकी निर्देशक गंगा दाहालले जानकारी दिइन् ।

प्रतियोगिताका विजेता खेलाडीले इलाइट महिला पुरुष दुवै तर्फमा प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाचौं हुनेलाई २० हजार, छैठौंले १५ हजार, सातौँले १० हजार, आठौँले ८ हजार, नवौंले ७ हजार र दशौँ हुनेले ५ हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष मास्टरतर्फ ३० वर्ष भन्दा माथिका ब्यक्तिले सहभागिता जनाउने छन् । जसको पुरस्कार राशि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोलाई १५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : ३६ बजे

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा