चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने « Khabarhub

चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो । साइकल म्याराथनको यहि चैत २६ गाते आयोजना हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनको दुरी करीब ६५ देखि ७० किलोमिटर हुने प्रतिष्ठानले जनाएको छ ।

म्याराथनमा तीन विधामा प्रतिस्पर्ध हुनेछ । इलाइट महिला र पुरुष, मास्टर महिला र पुरुष, र भरतपुर बिशेष अन्तर्गत चितवन जिल्लाका मात्र महिला पुरुषले सहभागिता रहने छ । नारायणी किनारबाट सुरु हुने म्याराथन भरतपुर महानगरपालिकाको बिभिन्न भित्रि सडक हुँदै पुनः नारायणी किनार पुगेर समापन हुने प्रतिष्ठानकी निर्देशक गंगा दाहालले जानकारी दिइन् ।

प्रतियोगिताका विजेता खेलाडीले इलाइट महिला पुरुष दुवै तर्फमा प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाचौं हुनेलाई २० हजार, छैठौंले १५ हजार, सातौँले १० हजार, आठौँले ८ हजार, नवौंले ७ हजार र दशौँ हुनेले ५ हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष मास्टरतर्फ ३० वर्ष भन्दा माथिका ब्यक्तिले सहभागिता जनाउने छन् । जसको पुरस्कार राशि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोलाई १५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : ३६ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण