९० लाख अफगान भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघ महासचिवको भनाइ « Khabarhub

९० लाख अफगान भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघ महासचिवको भनाइ


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले अफगानिस्तानमा ९० लाख मानिसहरू भोकमरीको जोखिममा रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महासचिव गुटरेजले अफगानिस्तानलाई सहयोग गर्न दाताहरूसँग आह्वान समेत गरे ।

गुटरेजले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको भन्दै दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्– ‘विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। ९० लाख मानिसहरू भोकमरीको जोखिममा छन् । अर्थव्यवस्था ध्वस्त भएको छ। म दाताहरुलाई हाम्रो मागअनुसार तत्काल सहयोग उपलब्ध गराउन आह्वान गर्छु, ताकि संयुक्त राष्ट्रसंघ र साझेदारहरुले जीवन बचाउने सहायतालाई जारी राखून् ।’

गत वर्ष अगष्टमा अफगान सरकारको पतन  भएर तालिबान सत्तामा फर्किएसँगै अफगानिस्तानमा मानवअधिकारको अवस्था नाजुक भएको छ । देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउने गरेका छन् ।

तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र केटीहरूको अधिकारमा ठूलो कटौती, सेन्सरशिप र मिडिया विरुद्ध आक्रमणहरू सहित मानवअधिकार उल्लङ्घनहरू जारी राखेको भन्दै आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ३७ बजे

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा

कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी वृहत ट्रेड शो, कस्मेटिका २०२५ हुँदै

काठमाडौं– कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी नेपालमा पहिलो तथा एकमात्र