९० लाख अफगान भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघ महासचिवको भनाइ | Khabarhub Khabarhub

९० लाख अफगान भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघ महासचिवको भनाइ


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले अफगानिस्तानमा ९० लाख मानिसहरू भोकमरीको जोखिममा रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महासचिव गुटरेजले अफगानिस्तानलाई सहयोग गर्न दाताहरूसँग आह्वान समेत गरे ।

गुटरेजले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको भन्दै दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्– ‘विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। ९० लाख मानिसहरू भोकमरीको जोखिममा छन् । अर्थव्यवस्था ध्वस्त भएको छ। म दाताहरुलाई हाम्रो मागअनुसार तत्काल सहयोग उपलब्ध गराउन आह्वान गर्छु, ताकि संयुक्त राष्ट्रसंघ र साझेदारहरुले जीवन बचाउने सहायतालाई जारी राखून् ।’

गत वर्ष अगष्टमा अफगान सरकारको पतन  भएर तालिबान सत्तामा फर्किएसँगै अफगानिस्तानमा मानवअधिकारको अवस्था नाजुक भएको छ । देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउने गरेका छन् ।

तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र केटीहरूको अधिकारमा ठूलो कटौती, सेन्सरशिप र मिडिया विरुद्ध आक्रमणहरू सहित मानवअधिकार उल्लङ्घनहरू जारी राखेको भन्दै आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ३७ बजे

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने

साउदी – साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३०