सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु « Khabarhub

सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । यो संख्या सन् २०२० को तुलनामा दोब्बर हो ।

गत वर्ष भूमध्यसागर र एट्लान्टिक मार्गहरू पार गर्ने क्रममा ३ हजार ७७ जना हराएका थिए । जवकी सन् २०२० मा यो संख्या १५४४ थियो ।

यस वर्षको सुरुदेखि अहिलेसम्म थप ४७८ व्यक्तिहरूको समुद्रमा मृत्यु भएको वा बेपत्ता भएका शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रवक्ता साबिया मन्टुले जेनेभामा पत्रकारहरूलाई जानाकारी दिए ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरको पछिल्लो प्रतिवेदनले शरणार्थी र युरोप पुग्न खोज्ने अन्य आप्रवासीहरूबीच बढ्दो मृत्युलाई रोक्न तत्काल कदम चाल्न माग गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४४ बजे

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन