श्रम अधिकार कार्यान्वयन गरौँ : सभामुख सापकोटा « Khabarhub

श्रम अधिकार कार्यान्वयन गरौँ : सभामुख सापकोटा


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याएका छन् ।

१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न सङ्घीय संसद्को नेतृत्वका रूपमा आफू सदैव तत्पर रहेको विश्वास दिलाएका छन् ।

नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै सभामुख सापकोटाले उनीहरुप्रति सम्मान व्यक्त गरेका छन् ।

दुई वर्षयता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नुपरेको उल्लेख गर्दै उनले कोरोनाको प्रभावमा कमी आएसँगै लाखौँ श्रमिक खाली बस्नुपर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेका छन् ।

सभामुख सापकोटाले श्रमिक एवं मजदुर वर्गको विशिष्ट योगदानका कारण संविधानसभाबाट बनेको संविधानमा श्रमिक एवं मजदुर वर्गको हक, अधिकार समावेश भएको जनाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : २९ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय