हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसको दाबी « Khabarhub

हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसको दाबी


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसको सशस्त्र सेनाले शनिबार उच्च मिसाइलसहित १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको प्रहारमा रकेट तथा तोपखाना भण्डार गर्न प्रयोग हुने एउटा गोदामलाई नष्ट गरेको दाबी गरेको छ ।

हवाई हमलामा २ सयभन्दा बढी युक्रेनी फौज मारिएको र २३ ओटा बख्तरबन्द बहानहरु ध्वस्त पारेको एउटा अनलाईन पोस्टमा रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ । हमलाबारे युक्रेनी पक्षले कुनै टिप्प्णी गरेको छैन।

अनलाईन पोस्टमा ओडेसा विमानस्थलमा भएको हमलाको कुनै उल्लेख गरेको छैन । विमानस्थललाई लक्षित गरी रुसले मिसाइल प्रहार गरेको स्थानीय स्थानीय गभर्नरले बताएका छन् । हमलापछि धावनमार्ग अबरुद्ध भएको छ ।

२४ फेब्रुवरीदेखि गरेको रुसी हमलामा लाखौँ युक्रेनी विस्थापित भएका छन् ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनबाट १० लाख मानिसहरूलाई उद्धार गरिएको दाबी गरेका छन् । हमलापछि बिचल्लीमा परेका आफ्ना नागरिकहरूलाई उनीहरूको इच्छाविपरीत सीमापारि लगेको आरोप युक्रेनले बारम्बार लगाउने गरेको छ । रुसले उद्धार गरेको भनिकामध्ये १ लाख मानिस दोनेत्स्क र लुहान्स्क गणतन्त्रका बासिन्दा छन्।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : ४२ बजे

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन