‘श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण’ « Khabarhub

‘श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण’


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानले व्यवस्था गरेको समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्नेमा जोड दिएका छन् ।

श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने, त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ विसं २००६ वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सच्चा उत्तराधिकारीका रूपमा आफ्नो पार्टी जनताका बीचमा आएको उल्लेख गर्दै अध्यक्ष नेपालले नेपाली समाजमा भएका शोषण, दमन र निरकुंशतासँग जुधेर श्रमजीवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मूल्य–मान्यता स्थापित गर्न पार्टी प्रतिबद्ध रहेको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफ्नो सन्देशमा सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति–निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए । ‘अहिले देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने गरेको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउने हाम्रो प्राथमिकता हो’, उनले भनेका छन्, ‘स्वदेशमा पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमका रूपमा रहेको वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ ।’

श्रमिक आन्दोलन, विभिन्न कालखण्डका जनआन्दोलनमा श्रमजीवी जनताले गरेको बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिको रक्षा गर्ने, प्रतिगमनकारीलाई सैद्धान्तिक तथा व्यावहारिकरूपमा परास्त गर्ने अवसरका रूपमा स्थानीय निर्वाचनलाई उपयोग गर्न आग्रह गर्दै अध्यक्ष नेपालले श्रमजीवी जनताको हित, विकास र समाजवादको आधार निर्माण गर्न नेपाली जनताले आफ्नो पार्टीलाई विजयी गराउने विश्वास व्यक्त गरे।

उनले श्रमिकका हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रमिक दिवसले प्रेरणा दिने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : १६ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना