श्रमिकका अधिकार सुनिश्चित हुनुपर्छ : प्रदेश प्रमुख शेरचन « Khabarhub

श्रमिकका अधिकार सुनिश्चित हुनुपर्छ : प्रदेश प्रमुख शेरचन


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस दिवसले आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा लिएको बताए । उनले गणतन्त्र स्थापनामा श्रमिक वर्गले पुर्‍याएको योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरे ।

‘नेपाली श्रमिक वर्गले आफैँले लडेर ल्याएको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रमको अधिकारका साथै उचित पारिश्रमिक सुविधा सुनिश्चित गरेको छ । तर व्यावहारिक कार्यान्वयन नभइरहेको स्थितिमा श्रमिकलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबैखाले श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यान जानेछ भन्ने विश्वास लिएको छु’, उनले भने ।

नेपालको संविधानमा प्रत्याभूत गरिएका सामाजिक सुरक्षा कोषको स्थापना, ट्रेड युनियन खोल्न पाउने अधिकार, स्वास्थ्योपचार, दुर्घटना बीमाजस्ता आम श्रमिक मजदुरहरूको हितमा जारी कार्यक्रम यथाशक्य चाँडो कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

विद्यमान श्रम सम्बन्ध र शोषणका रूप आर्थिक, सांस्कृतिक क्षेत्रमा आज पनि सामन्तवादका अवशेषहरुद्वारा शोषण र उत्पीडन कायमै रहेको जनाउँदै उनले त्यसको उन्मूलन आजको आवश्यकता भएको उल्लेख गरे । ‘यसका लागि राज्यबाट देशभित्रै अधिकतम स्वरोजगारीका अवसर सिर्जना गर्नु र श्रमिकमैत्री नियम, कानुन निर्माण गर्नु र कार्यान्वयन गर्नु आजको आवश्यकता हो भन्ने मैले ठानेको छु’, शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ३८ बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र