सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त « Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो ।

यसअघि उनलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो । उनी एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन् । 

सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन् । केसी गत ३० चैतमा सशस्त्र महानिरीक्षकमा नियुक्त भएका थिए । उनी १९ दिनका लागि महानिरीक्षक बनेका थिए । 

दुई जना एआईजी रहने सशस्त्र प्रहरी बलमा सरकारले अर्याललाई एकल बढुवा गर्दै आईजीपीको लागि बाटो खुला गरिदिएको थियो । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ०७ बजे

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य