आईजीपी नियुक्तिविरुद्ध दुई एआईजी अदालत जाने तयारीमा  | Khabarhub Khabarhub

आईजीपी नियुक्तिविरुद्ध दुई एआईजी अदालत जाने तयारीमा 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा लागेका हुन् । त्यसका लागि उनीहरूले छलफल थालेका छन् ।

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि मात्रै सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

गृह मन्त्रालयले समेत विश्वराजलाई पहिलो नम्बरमा राखेर आईजीपी बढुवाका लागि सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सिंहलाई आईजीपी बनाइएको हो । 

आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच मतभेद थियो । गृहमन्त्री खाँण पोखरेललाई नै आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए । देउवाले सिंहलाई नै आईजीपी बनाउने बताएका थिए । आईजीपी नियुक्तिको विवाद पाँचदलीय गठबन्धनको बैठकमा समेत पुगेको थियो । जहाँ शीर्ष नेताहरू पनि विभाजित देखिएका थिए । 

प्रधानमन्त्रीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत देखिएका थिए । गृहमन्त्रीको प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहमत थिए । आईजीपी नियुक्तिको विषयमा नेताहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा आफ्नै अडानअनुसार अघि बढेका हुन् । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ४७ बजे

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको