सिन्धुपाल्चोकमा उम्मेद्‌वारलाई राप्रपाले खुवायो भ्रष्टाचार नगर्ने कसम « Khabarhub

सिन्धुपाल्चोकमा उम्मेद्‌वारलाई राप्रपाले खुवायो भ्रष्टाचार नगर्ने कसम


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– राप्रपाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा  मेयर, उपमेयर र वडा अध्यक्षमा उम्मेद्‌वारी दिएका आफ्ना नेताहरूलाई भ्रष्टाचार नगर्ने कसम खुवाएको छ ।

जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला गरेर राप्रपाले आफ्नाे पार्टीको तर्फबाट स्थानीय निर्वाचनको उम्मेद्‌वार बनाएइकाहरूलाई भ्रष्टाचार नगर्ने कसम खुवाएको हो ।

केही दिनअघि काठमाडाैँमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार गरेर पैसा खानु आमाको रगत खानु सरह हुने भन्दै कसम खुवाएर मात्रै उम्मेदवार बनाउने बताएका थिए ।

अध्यक्ष लिङ्देनको सोही उद्घोषबमोजिम राप्रपाका सबै उम्मेदवारलाई भ्रष्टाचार नगर्ने कसम खुवाएको राप्रपा जिल्ला अध्यक्ष राजकुमार कुँवरले बताए । त्यस अवसरमा राप्रपा चौतारा साँगाचोकगढी नगरपालिकाकी मेयर उम्मेद्‌वार सुन्तली ढुँगेललगायतका उम्मेदवारहरू सहभागी थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ४२ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।