लौरो चिह्न नपाएपछि विरोधमा उत्रिने अटेरी अभियानका एक जना पक्राउ « Khabarhub

लौरो चिह्न नपाएपछि विरोधमा उत्रिने अटेरी अभियानका एक जना पक्राउ


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा अटेरी अभियानी अशोक खड्का पक्राउ परेका छन् ।

अटेरी अभियानका उम्मेदवारलाई रोजेको चिन्ह दिनुपर्ने मागसहित प्रदर्शन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

शनिबार खड्कासहितको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि पुगेर आफूहरूलाई लौरो चिन्ह नदिएकोमा विरोध जनाएका थिए ।

प्रहरीले सोही आधारमा पक्राउ गरेको हो । पोखरामा सात जना मेयरका स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन कानुनअनुसार उम्मेदवार संख्या र चिन्हको पहिलो संख्याबाटै रोज्नुपर्ने प्रावधान छ । तर, खड्कालगायत मेयरका उम्मेदवारहरूले आठौँ नम्बरमा रहेको लौरो चिन्ह पाउनुपर्ने बताएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कानुनविपरीत चिन्ह दिन नमिल्ने बताएपछि उनीहरू आक्रोशित भएका हुन् । तर लामो गन्जागोलपछि निर्वाचन आयोगले नै पोखराको मतपत्र छाप्न बाँकी रहेकोले लौरो दिन सकिने बताएको थियो । त्यसपछि सहमति भएर फर्किएका टोलीका एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनले निर्वाचनमा लौरो चिन्ह पाए पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्ने बताएका थिए । उनको भिडियो अहिले पनि फेसबुकमा छ । ‘स्वतन्त्र भनेर हेप्न मिल्छ ? टेक्निकल समस्या भनेर दलका नेताहरूलाई भन्न सक्दैनन्, स्वतन्त्रलाई मात्रै किन ? सूर्य र रुखमा निकाल्नुस् त समस्या,’ उनले भनेका थिए, ‘हामीले लौरो चिन्ह पायौँ भने पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्छ ।’

डीएसपी सुन्दर तिवारीले खड्का पक्राउ परेको पुष्टि गरे । ‘हिजोको अभिव्यक्तिले उहाँलाई पक्राउ गरेका हौँ । उहाँले निर्वाचनमा आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । हुलहुज्जत गर्नुभएको छ,’ उनले भने, ‘निर्वाचनको शान्तिलाई खलल पुर्‍याएकोले पक्राउ गरेका हौँ ।’ उनको पक्राउमा पोखराका अटेरी अभियान्ताहरूले विरोध जनाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ५ : ३१ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।