दुई आइजीलाई बिदाइ गर्दै गृहमन्त्रीले भने- प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे खास निर्णय गर्छौं | Khabarhub Khabarhub

दुई आइजीलाई बिदाइ गर्दै गृहमन्त्रीले भने- प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे खास निर्णय गर्छौं


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई बिदाई गरेका छन्।

आइतबार गृह मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच गृह मन्त्री खाँणले थापा र केसीलाई बिदाई गरेका हुन् । कार्यक्रममा खाँणले दुई महानिरीक्षकको कार्यकाल सफल रहेको बताए।

त्यस्तै गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कायम ३० वर्षे सेवा अवधिबारे छलफल थालिएको बताएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई कार्यक्रममा उनले ३० वर्षे सेवा अवधिबारे छलफल थालिएको बताएका हुन् ।

गृहमन्त्री खाँणले प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको र थापाले शतप्रतिशत नम्बर प्राप्त गरेको उल्लेख गरे। उनले सुरक्षा निकायको सुधारका लागि आगामी दिनमा आवश्यक सुझावको अपेक्षा गरेको धारणा राखे।

कार्यक्रममा थापा र केसीले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कामका बारेमा जानकारी गराएका थिए।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४६ बजे

ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने भएपछि जेनजीमा विवाद : मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

काठमाडौं – एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन