दुई आइजीलाई बिदाइ गर्दै गृहमन्त्रीले भने- प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे खास निर्णय गर्छौं « Khabarhub

दुई आइजीलाई बिदाइ गर्दै गृहमन्त्रीले भने- प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे खास निर्णय गर्छौं


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई बिदाई गरेका छन्।

आइतबार गृह मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच गृह मन्त्री खाँणले थापा र केसीलाई बिदाई गरेका हुन् । कार्यक्रममा खाँणले दुई महानिरीक्षकको कार्यकाल सफल रहेको बताए।

त्यस्तै गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कायम ३० वर्षे सेवा अवधिबारे छलफल थालिएको बताएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई कार्यक्रममा उनले ३० वर्षे सेवा अवधिबारे छलफल थालिएको बताएका हुन् ।

गृहमन्त्री खाँणले प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको र थापाले शतप्रतिशत नम्बर प्राप्त गरेको उल्लेख गरे। उनले सुरक्षा निकायको सुधारका लागि आगामी दिनमा आवश्यक सुझावको अपेक्षा गरेको धारणा राखे।

कार्यक्रममा थापा र केसीले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कामका बारेमा जानकारी गराएका थिए।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४६ बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा