गठबन्धन लुतो हो : अध्यक्ष ओली « Khabarhub

गठबन्धन लुतो हो : अध्यक्ष ओली


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन् । 

आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरीरमा आउने लुतो जस्तै भएको बताएका हुन् ।

‘लुतो धेरै ठूलो घाउ त हैन तर जताततै चिलाइरहन्छु, उनले भने, ‘अहिलेको गठबन्धन पनि त्यस्तै हो, काम गर्दैन ओली र एमालेलाई गाली मात्रै गरिरहन्छ ।’ उनले अहिलेको सरकार खान जन्मिएको आरोप पनि लगाए । ‘अहिलेको सरकारले देशको ढुकुटी मात्र रित्याएको छ,’ उनले भने, ‘एमालेको सरकार हुँदा सात ओटा मन्त्रालयले विकास गरिरहेको थियो । अहिलेको सरकार आउने बित्तिकै १८ वटा मन्त्रालय पुर्‍याएको छ ।’ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिन धेरै षड्यन्त्र रचेको उनको आरोप छ । ‘सरकारले फागुन महिनाभित्रै स्थानीय तहको निर्वाचन गराउनुपर्ने थियो, गठबन्धन अहिले पनि चुनाव बिथोल्न लागिपरेको छ ।’

‘गठबन्धन बाध्यताले चुनावमा सहभागी भएको छ । चुनाव गराउन बाध्य भएको छ । अहिले पनि चुनाव बिथोल्न खोजिरहेको छ’, ओलीले भने, ‘यदि लायक सरकार हुन्थ्यो भने फागुनभित्रै यो चुनाव सम्पन्न भैसक्नुप्रथ्यो ।’ सरकारले कमिसनको लागि अहिले चुनावको मुखमा अर्बौँको स्वास्थ्य सामग्री खरिद गरिरहेको आरोप लगाए । ‘मन्त्रीको सिक्रीले धेरैलाई बाँधेर राखेकोले त्यही पार्टीमा बसिरहेका छन् । नत्र पार्टी प्रवेश गर्न आइसक्थे’, ओलीले भने ‘फुटेर गएको पार्टीको नाम एकीकृत भन्न थाले । कांग्रेसको पछि लाग्नेको नाम समाजवादी पार्टी रे ।’

एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणि पौडेल, मकवानपुर इन्चार्ज रामेश्वर राना, हेटौँडाको मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर र स्वतन्त्र रहेका व्यक्तिहरू एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : २९ बजे

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

स्थानान्तरणबाट छुटेका सुकुम्वासीलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं– शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रवर्द्धनको प्रतीक्षामा सीता गुफा

गण्डकी– धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत