असिनापानीले स्याउ खेतीमा क्षति « Khabarhub

असिनापानीले स्याउ खेतीमा क्षति


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ । 

सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए। उनले भने, “स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए । असिनाले सखाप बनायो ।” उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए । 

यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए । एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ । बगैँचाभरि स्याउका दाना र चिचिला झरेका छन् । स्याउका बोट रित्तिएका छन् । 

असिनापानीले जिल्लाका अधिकांश क्षेत्रमा स्याउमा क्षति पुगेको स्थानीयवासीले  बताएका छन् ।  मनग्य आम्दानी हुन थालेपछि पछिल्लो समय किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४८ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल